काठमाडौँ — पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३१३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ । मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट ६ लाख २१ हजार ९०१ परीक्षणहरु गरिएका छन् ।
त्यसैगरी २४ घण्टामा जम्मा ११ हजार ३२७ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ४ सय ५३ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १४ हजार २५० जना रहेको छ ।
