वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

भूषण यादव

वीरगन्ज — वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका थप एक कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ ।

वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

अस्पताल स्रोतका अनुसार पर्साको बहुदरमाई नगरपालिका डोकैला बहुअरी निवासी ६१ वर्षीय पुरुषको शनिबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका ती पुरुषको स्वास्थ्य अवस्था बिग्रिएपछि साउन ३१ मा आफन्तले वीरगन्जको अली अर्थो ट्रमा सेन्टरमा भर्ना गरेका थिए । पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ४ गते कोरोना अस्पतालमा रेफर गरिएको थियो ।

कोरोना अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान उनको मृत्यु भएको नारायणी अस्पतालका फिजिसियन डा.निरजकुमार सिंहले जनाए । शुक्रबार वीरगन्जमा दुई कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र ६, २०७७ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?