नेपालगन्ज — बाँकेमा शुक्रबार बिहान कोरोना जितेका ५१ जनालाई आइसोलेसनबाट बिदाइ गरिएको छ भने दिउँसो १६ जना कोरोनामा संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जका अनुसार बैंकका दुई कर्मचारीसहित नेपालगन्जका १३, कोहलपुरका १ र राप्तीसोनारीका २ जना गरी १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
भेरीमै गरीएको परीक्षणमा बर्दियाको बासगढीका ६ जनामा समेत संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३५० जनाको स्वाब परीक्षण गरिएकोमा बाँकेका १६ र बर्दिया ६ जना गरी २२ जनामा संक्रमण देखिएको हो ।
