सिरहा — सिरहामा दुई स्वास्थ्यकर्मीसहित ४१ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार नयनपुर अस्पतालका दुई जना स्वास्थ्यकर्मी, मिर्चैया नगरपालिकाका ४ जना कर्मचारी, इलाका प्रहरी कार्यालय लहानमा कार्यरत २२ जना प्रहरी, ८ थुनुवा, धनगढीमाई नगरपालिकाका २ सर्वसाधारण र अन्य क्वारेन्टाइनका गरी ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
