कोरोनाबाट थप ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११४ पुग्यो

भाद्र २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको हो ।

मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् । 

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully