२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

भक्तपुरमा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द

भक्तपुर — भक्तपुर नगरपालिकाले नगर क्षेत्र हुँदै काठमाडौं उपत्यकाभित्र सञ्चालित सार्वजनिक यातायात भदौ १५ गतेसम्मका लागि बन्द गर्ने भएको छ ।

भक्तपुरमा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द

मंगलबार नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग बैठक बसेर भदौ ३ (बुधबारबाट) देखि १५ गतेसम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरस नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यकालगायत विभिन्न सहरहरुमा पनि दैनिक सयौंको संख्यामा संक्रमितहरु थपिएकाले समुदायस्तरमा संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको जनाएको छ ।

करिब ४ महिनासम्मको लकडाउनपछि साउन ८ बाट सुरु भएको सार्वजनिक यातायात सञ्चालन मध्यपुर थिमि नगरपालिकाले गत साउन ३२ बाट १० दिनका लागि रोक लगाएको छ ।

प्रकाशित : भाद्र २, २०७७ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?