भक्तपुरमा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द

भाद्र २, २०७७

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुर नगरपालिकाले नगर क्षेत्र हुँदै काठमाडौं उपत्यकाभित्र सञ्चालित सार्वजनिक यातायात भदौ १५ गतेसम्मका लागि बन्द गर्ने भएको छ ।

मंगलबार नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग बैठक बसेर भदौ ३ (बुधबारबाट) देखि १५ गतेसम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरस नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यकालगायत विभिन्न सहरहरुमा पनि दैनिक सयौंको संख्यामा संक्रमितहरु थपिएकाले समुदायस्तरमा संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको जनाएको छ । 

करिब ४ महिनासम्मको लकडाउनपछि साउन ८ बाट सुरु भएको सार्वजनिक यातायात सञ्चालन मध्यपुर थिमि नगरपालिकाले गत साउन ३२ बाट १० दिनका लागि रोक लगाएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully