कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

काभ्रेमा कोरोना संक्रमणबाट ९८ वर्षीय वृद्धको मृत्यु

नगेन्द्र अधिकारी

काभ्रे — काभ्रेमा कोरोना संक्रमणबाट ९८ वर्षीय वृद्धको मृत्यु भएको छ । साउन २७ गते कोरोना संक्रमण पुष्टि भएका धुलिखेल ७ का उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।

काभ्रेमा कोरोना संक्रमणबाट ९८ वर्षीय वृद्धको मृत्यु

कार्यविधिअनुसार नै उनको शव व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी गरेको उनले जानकारी दिए ।

योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि साउन २६ गते पाँचखाल १ की ५० वर्षीया महिलाको ललितपुरस्थित किस्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

हालसम्म जिल्लामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : भाद्र २, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?