काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमणको उपचार गरिरहेका अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने भएको छ । मन्त्रालयले 'कोरोना भाइरसको संक्रमणको उपचार बापत अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश २०७७' बमोजिम कोभिड-१९का शंकास्पद तथा पोजिटिभ व्यक्तीहरु राखि उपचार गर्ने सबै किसिमका अस्पतालहरुलाई अनुदान उपलब्ध गराउन लागेको हो ।
उपचार बापत अनुदान पाउन दाबी गर्नका लागि दुई दिनभित्र विवरण बुझाउन आग्रह गर्दै मन्त्रालयले सूचना प्रकाशित गरेको छ ।
सूचनामा तोकिएको समयभित्र विवरण उपलब्ध नगराउने अस्पतालहरुको हकमा कुनै कठिनाइ हुन गएमा सम्बन्धित अस्पताल आफैं जिम्मेवार हुनुपर्ने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।
लक्षण नभएका वा सामान्य लक्षण भएकालाई २००( घरमा स्वास्थ्यकर्मी गएर क्लिीनिकल निगरानी गर्दा लाग्ने खर्च, लक्षण भएका वा सामान्य लक्षण भएका लाई २०००(आइसोलसन केन्द्र), सामान्य लक्षण भएका ३५००, मध्यम जटिल बिरामी ७००० र जटिल बिरामीलाई १५००० रुपैयाँ अनुदान बापत मन्त्रालयले उपलब्ध गराउने भएको हो ।
