कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

लुम्बिनी प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा, रुपन्देही — रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तु–७ मायादेवी का एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

शनिबार बिहान ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो । बुटवलस्थित प्रादेशिक अस्पतालमा रहेको ‘एक्सपर्ट एक्सप्रेस सार्स कोभ–२’ प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना देखिएको अस्पतालका मेडिसिन डिपार्टमेन्ट प्रमुख डा. सुदर्शन थापाले बताए ।

साउन २९ गते अस्पताल भर्ना भएका उनलाई निमोनिया भएको थियो । २९ गते नै स्वाब परीक्षणका लागि पठाइएकामा ३० गते आएको रिपोर्टको नतिजा प्रस्ट नआएकाले पुन: पीसीआर परीक्षणका लागि पठाइएको थियो । उक्त रिपोर्ट नआउँदै शनिबार बिहान एक्सपर्ट जाँच गरिएको डा. थापाले बताए ।

यसअघि पनि कपिलवस्तुका एक जनाको उपचारकै क्रममा बुटवलमा मृत्यु भएको थियो । कपिलवस्तुमा लक्षण देखिएका संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा थप ४ जना आइसोलेसनमा उपचाररत छन् ।

प्रकाशित : श्रावण ३१, २०७७ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?