स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि मैत्री अस्पतालमा आकस्मिक सेवा मात्रै

श्रावण ३१, २०७७

कान्तिपुर संवाददाता

भक्तपुर — नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमिका ३ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना भाइरस पुष्टि भएपछि आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरेको छ ।

मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार अस्पतालमा कार्यरत ३ जना महिला स्टाफ नर्स र एक जना सहयोगीमा शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को निर्णय नभएसम्म अस्पातालको आईसीयू, ओपीडीलगायत सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख श्रेष्ठले बताए । संक्रमित चारै जनालाई अस्पतालको आइसोलेसन गरेको जनाएको छ । अस्पतालको मेडिकल अफिसरलगायत कर्मचारीको पीसीआर परीक्षण गर्ने तयारी गरेको उनले बताए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully