किस्ट अस्पतालमा उपचाररत ७८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

श्रावण २८, २०७७

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।  साउन २६ गतेदेखि किस्ट अस्पतालमा उपचाररत काठमाडौंको टेकुकी ७८ वर्षीया महिलाको बुधबार कोरोना संक्रमणबाट मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ । 

बुधबार नै ललितपुरको पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

बुधबार बिहानै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मोरङका ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । 

त्यस्तै मंगलबार राति जनकपुरकै ७३ वर्षीय कोरोना संक्रमित पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलबार राति नै बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully