प्रदेश १ की सांसद श्रेष्ठलाई कोरोना संक्रमण

श्रावण २८, २०७७

विराटनगर — प्रदेश १ की प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठ पछिल्लो समय इटहरीमा बस्दै आएकी छिन्  ।

‘इटहरी बसाइका क्रममा साउन २० गतेदेखि निकै टाउको दुखेको र ए दिन ज्वरो पनि आएपछि शनिबार धरानमा स्वाब परीक्षणका लागि दिएको थिएँ,’ उनले भनिन्, ‘बुधबार कोरोना पोजिटिभ रिपोर्ट आएको जानकारी प्राप्त भयो ।’

अहिले स्वास्थ्य अवस्था सामान्य रहेकोले आत्मबल मजबुत बनाइ कोरोनालाई परास्त गर्ने श्रेष्ठले विश्वास व्यक्त गरिन् ।

यसअघि प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलगायत उनका परिवारका तीन सदस्यमा समेत संक्रमण पुष्टि भएको छ । 

कोरोना भाइरस

Link copied successfully