१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

काठमाडौंमा कोरोनाविरुद्ध थप निर्णय लिन संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणविरुद्ध थप प्रतिकार्य योजना अनुमोदन गर्न काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ । कोभिड–१९ सँग सम्बन्धित एरिया सिल, मापदण्ड पालना, क्षेत्रगत नियमन गर्न, भागेका संक्रमितको पहिचान र खोजीलगायत काममा स्थानीय प्रहरी र स्थानीय वडासँग समन्वय गरेर काम गर्ने गरी स्थानीय टोल सुधार समितिलाई परिचालन गर्ने गरी निर्णय लिन बिहान १० बजेदेखि बैठक बस्न लागेको हो ।

काठमाडौंमा कोरोनाविरुद्ध थप निर्णय लिन संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै

बैठकलगत्तै गैरसरकारी संस्था र उद्याेगी–व्यवसायी संघ संस्थाका प्रतिनिधिलाई पनि छलफलमा बोलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।


प्रकाशित : श्रावण २५, २०७७ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?