कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

काठमाडौंको ‘कोटाल टोल’ सिल

रासस

काठमाडौँ — काठमाडौं महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना संक्रमण बढेपछि त्यस क्षेत्रलाई शनिबार सिल गरिएको छ । महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष रमेश डंगोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना संक्रमण देखिएपछि टोललाई नै सिल गरिएको हो ।

प्रहरी टोली नै तैनाथ गरि सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ । केही दिनअघिको परीक्षणमा यहाँ प्रहरीसहित उनको परिवारका पाँच जनामा कोभिड–१९ देखिएको थियो । त्यसपछि परीक्षण गर्दा घरभेटीलाई कोरोना पोजिटिभ देखिएको थियो ।समुदायका २५ जनाको परीक्षणमा अन्य थप ६ जनालाई समेत कोभिड–१९ पुष्टि भएपछि टोललाई सिल गर्नु परेको उनले बताए । सोही टोलमा बस्ने केही व्यक्ति काठमाडौंको कपनमा पुगेको र उनीहरुको परीक्षणमा समेत कोभिड–१९ देखिएको वडाध्यक्ष डंगोलले बताए ।

पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढ्दो छ । शनिबार मात्रै काठमाडौं महानगरपालिकाभित्र ५६ जनामा कोरोना पोजिटिभ देखिएको छ । महानगरपालिकाका प्रवक्ता इश्‍वरमान डंगोलले संक्रमितको संख्या बढ्दै गएपछि वडा नम्बर २२ न्यू रोडका केही क्षेत्रहरु सिल गराइएको बताए । यस्तै महाबौद्ध क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताउँदै उनले त्यस क्षेत्रका केही भाग सिल गर्ने तयारी भइरहेको बताए ।

संक्रमण बढेपछि अहिले उपत्यका प्रवेशमा कडाइ गरिएको छ भने संक्रमित क्षेत्रमा विशेष निगरानी गरिएको छ । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । काठमाडौँ उपत्यकामा अहिलेसम्म झण्डै एक हजार व्यक्तिमा कोरोना देखिसकेको छ । सय भन्दाबढी स्थानमा कोभिड–१९ देखिएको छ ।

प्रकाशित : श्रावण २४, २०७७ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?