१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

थप ३७८ मा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार ५९२ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा थप ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो । नियमित मिडिया ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा गरिएको ७ हजार ७ सय ८८ पीसीआर परीक्षणमा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

थप ३७८ मा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार ५९२ पुग्यो

यस्तै २४ घन्टामा ४ सय ९९ जना डिस्‍चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६ हजार ३ सय १३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

नेपालमा शनिबारसम्म कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । मुलुकभर ६ हजार २ सय ६ जना आइसोलेसनमा र क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना रहेको प्रवक्ता गौतमले बताए ।




स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


प्रकाशित : श्रावण २४, २०७७ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?