पैसा तिरेर आइसोलेसनमा 

श्रावण २४, २०७७

मधु शाही

बाँके — बाँकेमा सुविधायुक्त आइसोलेसनमा बस्न चाहने संक्रमितलाई होटलको व्यवस्था गरिएको छ । 

संक्रमित बढ्दै गएपछि पैसा तिरेर बस्ने संक्रमितलाई नेपालगन्जको सिटी प्यालेस होटललाई आइसोलेसन बनाइएको हो । होटलमा एक जना संक्रमितका अनुसार दैनिक २५ सय रुपैयाँ तिरेर होटलमा बसेको हो ।

सरकारले तयारी गरेका आइसोलेसन  त्यति व्यवस्थित छैनन् । नेपागन्जको चर्को गर्मीमा अव्यवस्थित आइसोलसनमा बस्न गाह्रो हुने हुँदा पैसा तिरेर होटलमै बस्न लागिएको उनले बताए । उक्त होटलमा नेतादेखि हाइप्रोफाइल भएका संक्रमित आइसोलेसनमा  बसेका छन् । बाँकेमा हालसम्म ६ वटा आइसोलेसन सञ्चालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पैसा तिरेर सुविधायुक्त आइसोलेसनमा बस्न चाहनेका लागि होटलको व्यवस्था गरिएको बताए । 

बाँकेमा शुक्रबार ४९ जना कोरोना संक्रमित भेटिएका थिए । हालसम्म १ सय ४६ जना संक्रमितत आइसोलेसनमा छन् । 

कोरोना भाइरस

मधु

Link copied successfully