काठमाडाैं उपत्यकामा थपिए कोरोनाका १०६ नयाँ संक्रमित

श्रावण २३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा कोरोनाका १०६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा १०६ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

थपिएका संक्रमितमध्ये काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना छन् । 

२४ घन्टाको अद्यावधिक विवरण अनुसार बिहीबार भने उपत्यकाका ३ जिल्लामा ८७ जना संक्रमित भेटिएका थिए । 

 

 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully