कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडाैं उपत्यकामा थपिए कोरोनाका १०६ नयाँ संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा कोरोनाका १०६ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडाैं उपत्यकामा थपिए कोरोनाका १०६ नयाँ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा १०६ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

थपिएका संक्रमितमध्ये काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना छन् ।

२४ घन्टाको अद्यावधिक विवरण अनुसार बिहीबार भने उपत्यकाका ३ जिल्लामा ८७ जना संक्रमित भेटिएका थिए ।



प्रकाशित : श्रावण २३, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?