सिन्धुपाल्चोकको पाँचपोखरीमा पहिरोले घर पुरियो, श्रीमान्-श्रीमतीको मृत्यु

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु भएको छ ।

आइतबार रातिको अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा वडा नम्बर २ गाङखोर निवासी ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । राति सुतिरहेका बेला घर माथिबाट आएको पहिरोमा उनीहरु पुरिएका हुन् ।

यसैगरी आइतबार बिहान मेलम्ची नगरपालिका वडा नम्बर ११ मा बन्दै गरेको कभर्ड हल पहिरोले पुरिँदा ८ जना मजदुर बेपत्ता भएका छन् । बेपत्ता ८ जनामध्ये ७ जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : श्रावण १९, २०७७ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?