मेलम्ची पहिरो : ७ जनाको शव भेटियो [अपडेट]- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्ची पहिरो : ७ जनाको शव भेटियो [अपडेट]

अनिश तिवारी

सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ७ जनाको शव भेटिएको छ । 

सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

बेपत्ता हुनेहरुमा कभर्ड हल निर्माणमा खटिएका मजदुर रहेको प्रहरीले बताएको छ । उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ । पहिरोले कभर्ड हलको आधा भाग र मजदुर बस्ने टहरो पूरै पुरेको पनि डीएसपी काफ्लेले जानकारी दिए ।

पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उनले बताए । अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताको खोजी गरिरहेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १९, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्

प्रहरी र पत्रकारसहित पर्सामा थप ३५ जना कोरोना संक्रमित

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालमा आइतबार राति गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार साँझ गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिका– १२ का वडाध्यक्षसहित ३८ जनामा कोरोना पुष्टि भएको थियो ।

नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार आइतबार मात्र पर्सामा ७३ नयाँ संक्रमित थपिएका छन् । राति संक्रमण पुष्टि हुनेमा वीरगन्जका ३९ वर्षीय पत्रकारसमेत रहेका छन् । विगत दुई दिनदेखि ज्वरो आएपछि गत शनिबार उनले स्वाब परीक्षणका लागि दिएका थिए । संक्रमित हुनेमा वडा प्रहरी कार्यालय श्रीपुरका ३ जना प्रहरीसमेत रहेका छन् । संक्रमित थुनुवाको सम्पर्कमा आएपछि गत साउन १३ मा वडा प्रहरी कार्यालयमा स्वाब संकलन गरिएको थियो ।

डा.सिंहका अनुसार ३५ जना नयाँ संक्रमितमध्ये १४ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा परीक्षण गर्दा पोजिटिभ भेटिएका छन् । ३५ संक्रमितमध्ये १९ जना वीरगन्ज महानगरपालिका ११ श्रीपुरका बासिन्दा हुन् । आइतबार साँझको परीक्षणमा सोही वडामा २७ जना र शनिबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वडा नम्बर ११ का अध्यक्ष प्रदुम्न सेढार्इंका अनुसार गत साउन १५ मा भएको भएको मास ट्रेसिङमा २ सय ५२ जनाको स्वाब संकलन भएको थियो जसमध्ये २५ जना कन्टयाक्ट ट्रेसिङका थिए । वीरगन्ज महानगरपालिका ९ स्थित रेल्वे स्कुलमा गत साउन १३ मा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । साउन यता पर्सामा ४ सय २५ नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित : श्रावण १९, २०७७ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×