१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मेलम्चीमा बन्दै गरेको कभर्ड हल पहिरोले पुरियो, ८ जना बेपत्ता

अनिश तिवारी

सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका वडा नम्बर ११ मा निर्माणाधीन कभर्ड हल पहिरोले पुरिँदा ८ जना बेपत्ता भएका छन् । उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता हुनेहरुमा केही स्थानीय र केही पर्साका मजदुर रहेको प्रहरीले बताएको छ ।

मेलम्चीमा बन्दै गरेको कभर्ड हल पहिरोले पुरियो, ८ जना बेपत्ता

बन्दै गरेको कभर्ड हल सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

घाइते ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उनले बताए । अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताको खोजी गरिरहेको डीएसपी काफ्लेले जानकारी दिए ।

प्रकाशित : श्रावण १९, २०७७ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?