कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना पुष्टि

भूषण यादव

वीरगन्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।

सांसद यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए । सांसद यादवका अंगरक्षक र चालकमा पानि कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा एक जना चिकित्सक पनि छन् । ‘३ महिलासहित १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका ६४ जनामा संक्रमण देखिएको छ,’ मेसु डा.उपाध्यायले भने, ‘सांसद प्रदीप यादवमा पनि कोरोना पोजिटिभ पुष्टि भएको छ ।’

सांसद यादवले आफूलाई कोरोना संक्रमण भएको आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका छन् । शुक्रबार राति उनले लेखेका छन्, ‘पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई आइसोलेट गरेर आराममा छु ।’

यसअघि बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय पर्सामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पर्सामा पछिल्लो दुई दिनमा मात्र ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित : श्रावण १७, २०७७ ००:१२
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसका ९ भ्रातृ संस्थाको म्याद थप

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले कार्यसमितिको पदावधि सकिएका आफ्ना भ्रातृ संस्थाहरूको ६ महिनाका लागि म्याद थपेको छ । तरुण दल, नेपाल विद्यार्थी संघ, किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, दलित संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र ठाकुर समाजको पदावधि समाप्त भएका थिए ।

यीमध्ये धेरैजसो भ्रातृ संस्थाको लामो समयदेखि अधिवेशन गर्न नसकी तदर्थ समितिमार्फत चल्दै आएका छन् ।


प्रकाशित : श्रावण १६, २०७७ २२:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×