पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार ती महिला साउन ६ गते भर्ना भएकी थिइन् । ती महिलामा उच्च रक्तचापको समस्या रहेकाे उनले जानकारी दिए । 

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

स्रोतका अनुसार वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखाेकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि उनलाई स्टार अस्पतालमै भेन्टिलेटरमा राख्नुपरेको थियो । आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।

स्रोतका अनुसार कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारका सदस्यहरुको पीसीआर परीक्षण गर्दा अधिकांशको रिपोर्ट समेत पोजिटिभ आएको थियो ।

प्रकाशित : श्रावण १६, २०७७ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?