पूर्वी नाकामा खटिएका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

श्रावण १६, २०७७

पर्वत पाेर्तेल

काँकडभिट्टा — पूर्वी नाकामा खटिएका थप  १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको छ । योसँगै काँकडभिट्टा नाकामा मात्रै संक्रमित हुने सशस्त्र प्रहरीको संख्या ३५ पुगेको छ ।

यसअघि नाकाका २० सशस्त्र प्रहरी र तालिमका लागि इलामबाट आएका ३ सशस्त्रमा कोरोना संक्रमण पुष्टि भएको थियो । साउन ६ गते सीमामा खटिएका दुई सशस्त्र प्रहरीमा कोरोना देखिएको थियो । लगत्तै ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा साउन ९ मा थप १८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार इलामबाट तालिमका लागि आएका थप तीन जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण भएको हो ।

साउन ११ गते ३२ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरिएको थियो । जसमा १२ जनामा संक्रमण देखिएको हो । ८५ जना स्थानीय व्यवसायी र सर्वसाधारणको स्वाब परीक्षण नतिजा भने नेगेटिभ देखिएको मेचीनगर स्वास्थ्य शाखाले जनाएको छ । 

पर्वत

Link copied successfully