कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केहीबेर बसेर नेकपा स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित

काठमाडौँ — पटक-पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक केहिबेर बसेर फेरि एक हप्ताका लागि स्थगित भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर बसेको बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

केहीबेर बसेर नेकपा स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित

बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गरेको छ । बैठकले सरकारलाई राहत र उद्धारमा गम्भीरतापूर्वम लाग्न आग्रह गरेको छ । यस्तै बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारका लागि स्वयंसेवी रुपमा जुट्न पार्टीका नेता कार्यकर्ताहरुलाई पनि निर्देशन दिएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका थिएनन् ।

बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको छ । त्यसयता अर्थात असार १८ पछि बैठक स्थगित हुँदै आएको थियो । बैठक असार १० मा सुरु भएको थियो ।

प्रकाशित : श्रावण ६, २०७७ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?