१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔं : प्रवक्ता श्रेष्ठ

काठमाडौँ — नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको विवाद समाधानका लागि सूत्र आगाडि सारेका छन् । मंगलबार सामाजिक ट्विटरमा लेख्दै प्रवक्ता श्रेष्ठले एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्रका रुपमा अगाडि सारेका हुन् ।

महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔं : प्रवक्ता श्रेष्ठ

‘पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन हो। यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा,लोकतन्त्रको रक्षा एवं विस्तार, समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो। तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔँ,’ उनले लेखेका छन् । तर, उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेअनुसार मंसिरमै महाधिवेशन गर्न सम्भव नरहेको बताएका छन् ।

‘हाम्रो पार्टीमा अहिले एकता महाधिवेशन गर्ने चर्चा सुरु भएको छ।यो राम्रो र खुसीको कुरा हो । किनकि पार्टी एकताको संक्रमणकाल अन्त्य गर्न आवश्यक तयारी पूरा गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गर्नै पर्छ। तर महाधिवेशनलाई प्राविधिक विषय मात्र बनाउनु हुँदैन। वैचारिक कार्यभारलाई केन्द्रमा राखी सांगठनिक कार्यभार समेत पुरागर्ने गरी महाधिवेशन को तयारी गरौं,’ प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘यसो गर्दा आगामी मंसिरमा नै महाधिवेशनको आयोजना गर्न सम्भव देखिन्न। त्यसैले हचपच र ढिलाई दुवै गलत हुन्छन्। गत केन्द्रीय कमिटीको यससम्बन्धी निर्णयलाई ध्यान दिँदै उपयुक्त समय निर्धारित गरी महाधिवेशनको तयारीमा अघि बढौं।महाधिवेशनलाई एकता र वैचारिक संश्लेषण एवं वसकासको महाधिवेशन बनाऔं ।’

स्थायी कमिटी सुरु हुनुअघि प्रवक्ता श्रेष्ठले विवाद समाधानका लागि सूत्र अगाडि सारेका हुन् । पटक-पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रकाशित : श्रावण ६, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?