कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गण्डक ब्यारेजमा नारायणी नदीले खतराको सूचक नाघ्यो

नवीन पौडेल

परासी — नारायणी नदीमा पानीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान ९ बजे नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजमा ४ लाख २८ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।

गण्डक ब्यारेजमा नारायणी नदीले खतराको सूचक नाघ्यो

पानीको बहाव तीन लाख क्युसेक प्रतिसेकेन्ड पुगेपछि गण्डक बााधमा खतराको सूचक मानिन्छ । पानीको बहाव उच्च भएपछि सोमबार साझै नै गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । नदीको सतह खतरा भन्दामाथि पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले बताए ।

नारायणी नदीमा आएको बाढीको कारण पश्चिम नवलपरासकिो सुस्तामा पानी पसेको छ । नारायणीपारि रहेको सुस्ता–५ जलमग्न भएको छ । सुस्तामा रहेको सशस्त्र प्रहरी र जनपथ प्रहरीको पोस्ट पनि डुवानमा परेको स्थानीय मुन्सी गुप्ताले बताए । सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

नदीमा पानीको सतह बढेपछि त्यस क्षेत्रका स्थानीयलाई सजगता अपनाउन आग्रह जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आग्रह गरेको छ ।

प्रकाशित : श्रावण ६, २०७७ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?