पहिरोले घर बगाउँदा नवलपरासी पूर्वमा दम्पती बेपत्ता

श्रावण ६, २०७७

नवीन पौडेल

नवलपरासी पूर्व — पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ मा पहिरोले घर बगाउदा दुई जना बेपत्ता भएका छन् । सोमबार राति खसेको पहिरोले सुतिरहेको अवस्थामा घरसहित ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमतीलाई बगाएको हो ।

स्थानीयले अहिले पहिरो हटाएर बेपत्ताको खोजी गरिरहेका बुलिङटार गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रेमबहादुर थापा मगरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मोहनबहादुर खाँडले प्रहरी नायब निरीक्षकको कमाण्डमा घटनास्थलतर्फ प्रहरी खटाइएको र खराब मौसमको कारण समयमा नै घटनास्थल पुग्न नसकिएको बताए । 

बाढी-पहिरो

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully