१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धादिङको त्रिपुरासुन्दरीमा पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-६ गुल्जुङमा पहिरोमा परेर एकै घरका ३ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि सोमबार राति आएको पहिरोले घर पुर्दा २८ वर्षीय मिलन खाण, उनकी २६ वर्षीया श्रीमती सम्झना खाण र २ वर्षीया अन्जिता खाणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए ।

धादिङको त्रिपुरासुन्दरीमा पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु

अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको पनि डीएसपी खड्काले बताए ।

आइतबारदेखि परेको लगातारको वर्षाले धादिङका विभिन्न ठाउँमा पहिरो गएको छ । विभिन्न ठाउँमा आएको पहिरो र बाढीले पृथ्वी राजमार्ग अन्य सडक क्षतविक्षत भएकाले उद्धार र राहत कार्यमा समस्या भएको प्रहरीले बताएको छ ।

प्रकाशित : श्रावण ६, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?