अमेरिकामा अन्तिम परीक्षणका लागि तयार कोरोना खोप

असार ३१, २०७७

एजेन्सी

वासिङ्टन — अमेरिकामा परीक्षण गरिएको खोप अन्तिम परीक्षणका लागि तयार भएको छ । अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले भने यो खुसीको खबर भएको बताए ।

नेसनल इन्स्टिच्युट अफ हेल्थ एन्ड मोर्डना इन्कले विकास गरेको प्रयोगात्मक खोप जुलाई २७ गतेबाट ३० हजार मानिसमा परीक्षण हुने भएको छ । कोभिड-१९ विरुद्धका लागि लाभदायक खोप हुने विश्वास गरिएको छ । 

मंगलबार अध्ययन रिपार्टको सार्वजनिकीकरणमा ४५ स्वय‌ंसेवकले खोपले रोग प्रतिरोधात्मक क्षमता बढाएको बताएका छन् । 

अध्ययनलाई नेतृत्व गरेका काइजर पर्मानेन्ट वासिङ्टन रिसर्च इन्स्टिच्युट सियाटलकी डाक्टर लिसा ज्याक्सिनका अनुसार परीक्षणलाई अगाडि बढाउनका लागि यो महत्त्वपूर्ण उपलब्धि हो ।

खोपले काम गर्छ वा गर्दैन भनेर ग्यारेन्टी नभए पनि तर सरकारले यही वर्षको अन्तिमसम्म परिणाम ल्याउने विश्वास गरिएको छ ।

यो खोप महिनाको दुई डोज लाउनुपर्ने चिकित्सकले बताएका छन् ।  परीक्षण गर्दा यस खोपबाट साइड इफेक्ट नदेखिएको अनुसन्धानकर्ताले बताएका छन् ।  परीक्षणमा सहभागी आधाभन्दा बढीमा ज्वरोजस्तै केही लक्षणहरु देखिएको थियो ।

अध्ययनका अनुसार केही लक्षण कोरोनासँग मिल्दाजुल्दा थिए । विश्वका विभिन्न देशमा कोरोना खोपहरु  परीक्षणको दौरानमा रहेका छन् । 

सम्बन्धित समाचार

कोरोना भाइरस

एजेन्सी

Link copied successfully