कान्ति बाल अस्पतालमा उपचाररत ३४ दिने शिशुलाई कोरोना संक्रमण

असार ३०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्ति बाल अस्पतालमा उपचाररत एक जना शिशुलाई कोरोना संक्रमण देखिएको छ । 

अस्पतालका निर्देशक कृष्ण पौडेलले ३४ दिने शिशुमा संक्रमण देखिएको कान्तिपुरलाई बताए । 

उनले भने,'पेटमा समस्याका कारण अपरेशन कुरिरहेको शिशु हो, संक्रमण देखिएपछि कोभिड-१९ युनिफाइड कमाण्ड बलम्बु अस्पतालमा सारिएको छ ।'

योसँगै कान्तिमा ५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully