कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पछिल्लो २४ घन्टामा ७० जनामा मात्रै संक्रमण

काठमाडौँ — नेपालमा पछिल्लो २४ घन्टामा ७० जनामा मात्रै संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा ७० संक्रमित थपिएको जानकारी दिएका हुन् ।  

पछिल्लो २४ घन्टामा ७० जनामा मात्रै संक्रमण

पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । उनले नेपालमा ८ हजार २३९ जना संक्रमितहरुको उपचार भइरहेको बताए ।

प्रवक्ता गौतमका अनुसार उपचाररत संक्रमितको संख्या ८ हजार २ सय ३९ रहेको छ । कुल संख्या भने शनिबारसम्म १६ हजार ७१९ पुगेका छन् । पछिल्लो २४ घन्टामा ४ सय ३१ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता गौतमले बताए ।

जिल्लागत नयाँ संक्रमितको विवरण

  • झापा २
  • सिराह १
  • सुनसरी ४
  • उदयपुर ४
  • मोरङ ३
  • धादिङ ३
  • काठमाडौं ३
  • नुवाकोट १
  • सर्लाही ३
  • सिन्धुपाल्चोक ३
  • चितवन १
  • सिन्धुली १
  • रौतहट १
  • पर्वत १
  • बागलुङ ३
  • तनहु्ँ ४
  • स्याङ्जा ४
  • म्याग्दी २
  • कास्की २
  • पाल्पा १
  • बाँके २
  • बर्दिया २
  • दाङ ५
  • रुकुम पश्चिम १
  • सुर्खेत ३
  • सल्यान १
  • जुम्ला २
  • अछाम १
  • कन्चनपुर ४

प्रकाशित : असार २७, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?