काठमाडौँ — नेपालमा पछिल्लो २४ घन्टामा ७० जनामा मात्रै संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ७० संक्रमित थपिएको जानकारी दिएका हुन् ।
पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । उनले नेपालमा ८ हजार २३९ जना संक्रमितहरुको उपचार भइरहेको बताए ।
प्रवक्ता गौतमका अनुसार उपचाररत संक्रमितको संख्या ८ हजार २ सय ३९ रहेको छ । कुल संख्या भने शनिबारसम्म १६ हजार ७१९ पुगेका छन् । पछिल्लो २४ घन्टामा ४ सय ३१ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता गौतमले बताए ।
जिल्लागत नयाँ संक्रमितको विवरण
