१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका एक व्यक्तिमा कोरोना पुष्टि

काठमाडौँ — काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएका काठमाडौंका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनी काठमाडौंको गोकर्ण निवासी हुन् । उनको असार २५ गते उपचारका क्रममा मृत्यु भएको थियो । पीसीआर परीक्षणको रिपोर्ट भने शुक्रबार साँझ आएको अस्पतालका निर्देशक डा. मुकुन्दराज जोशीले कान्तिपुरलाई जनाए । 

काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका एक व्यक्तिमा कोरोना पुष्टि

डा. जोशीका अनुसार ती व्यक्ति असार १९ गते निमोनियाको समस्या लिएर भर्ना भएका थिए । अस्पतालका अनुसार उनमा मिर्गौलाको समस्या पनि रहेको थियो ।

कोरोना पुष्टि भएपछि मापदण्डअनुसार संक्रमितको शवलाई नेपाली सेनाले शनिबार बिहान व्यवस्थापन गरेको डा. जोशीले जनाए ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

प्रकाशित : असार २७, २०७७ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?