कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गोरखामा एक जना कोरोना संक्रमितको मृत्यु

हरिराम उप्रेती

गोरखा — गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान ५ बजे मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

गोरखामा एक जना कोरोना संक्रमितको मृत्यु

ती पुरुषलाई शुक्रबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार राति नै उनलाई गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । ‘हिजो राति १० बजेतिर गोरखा अस्पतालमा भर्ना गरिएको थियो,’ उनले भने,‘रातभर उपचार गर्‍यौँ, तर उहाँलाई बचाउन सकिएन ।’

संक्रमित ती व्यक्तिमा सुगर र निमोनियाको समस्या देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिडेन्डेन्ट डा नविन थापाले बताए । कतारबाट फर्किएर असार १७ गते बाट पालुङटारको जिवन ज्योति क्वारेन्टाइनमा बसेका ति पुरुषको असार १८ गते स्वाब नमुना संकलन गरि परीक्षणको लागि पठाइएको थियो ।

प्रकाशित : असार २०, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?