कोरोना संक्रमितले बच्चा जन्माइन्, आमा र बच्चा दुवैको अवस्था सामान्य

मधु शाही

बाँके — नेपालगन्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट बच्चा जन्माएकी छन् । कृष्णनगर कविलवस्तुकी २७ वर्षिया महिलाले शनिबार बिहान ५ बजेर २५ मिनेटमा २ किलो ४ सय ग्राम तौल भएकी  छोरी जन्माएकी हुन् ।

कोरोना संक्रमितले बच्चा जन्माइन्, आमा र बच्चा दुवैको अवस्था सामान्य

अहिले आमा र छोरीको अवस्था सामान्य रहेको अस्पतालका उप निर्देशक डा. दिनेश श्रेष्ठले बताए ।

भारतको मुम्बईदेखि एक महिना आएकी ती महिला २२ दिनदेखि बुटवलको क्‍वारेन्टाइनमा बस्दै आएकी थिइन् । ८ दिनअघि कोरोना जाँच गर्दा पोजिटिभ देखिएको थियो । पेट दुखेर अस्पतालमा भर्ना भएकी उनी संक्रमित भएकै कारण डेलीभरी गर्न असहज मानेपछि भैरवहाको अस्पतालले नेपालगन्ज मेडिकल अस्पतालमा रिफर गरिएको डा. दिनेशले सुनाए । ‘संक्रमित भएकै कारण डेलीभरी गराउन डराउछन्,’ उनले भने,‘यो केश उतैको अस्पतालले सल्भ गर्न सक्थ्यो ।’

सरकारले थर्ड लेबलको अस्पतालमा उपचार गराउने मापदण्ड अनुसार उनी त्यहाँ आएकी हुन् । बहु सुविधायुक्त अस्पताल नेपालमा धरानको बीपी कोइराला मेमोरीयल, काठमाडौंको टिचिङ र बाँकेको नेपालगन्ज मेडिकल शिक्षण अस्पताल हो ।

राति १ बजे एम्बुलेन्समा आएकी संक्रमित महिला लेबल थ्रीमा आउने पर्ने अवस्था नभएको डा. श्रेष्ठले बताए । उनी संक्रमित भएकै कारण ६ घन्टाको बाटोमा रिक्स लिएर अस्पताल आएकी थिइन् ।

पहिलो बच्चा अप्रेसन गरेर जन्माएको हुँदा दोस्रो पनि अप्रेसन गर्नु परेको उनले बताए । यसअघि नेपालगन्ज मेडिकल अस्पतालमा अछामदेखि आएकी १८ हप्ते गर्भवतिको ठूलो आन्द्राको शल्यक्रिया गरिएको थियो । उनको स्थिति पनि सामान्य बन्दैछ ।

प्रकाशित : असार ६, २०७७ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?