संविधान संशोधनमा अनुपस्थित सांसदलाई नेकपाले सोध्यो स्पष्टीकरण

काठमाडौँ — सत्तारुढ नेकपाले निशान छापमा नेपालको नयाँ नक्सा समेट्ने गरि संविधान संशोधनका लागि शनिबार प्रतिनिधि सभामा भएको मतदानमा अनुपस्थित रहेका आफ्ना सांसदलाई स्पष्टीकरण सोधेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले ५ दिनभित्र स्पष्टीकरण दिन भन्दै अनुपस्थित ४ सांसदलाई पत्र पठाएका हुन् । 

संविधान संशोधनमा अनुपस्थित सांसदलाई नेकपाले सोध्यो स्पष्टीकरण

जेठ ३१ गते भएको मतदानमा नेकपा सांसदहरु हरिबोल गजुरेल, गोपालबहादुर बम, धनबहादुर बुढा र शिवकुमार मण्डल अनुपस्थित थिए । नेकपाका ४ सहित उक्त मतदानमा १२ सांसद अनुपस्थित थिए । सरकारले ल्याएको संशोधनको पक्षमा २ सय ५८ मत परेको थियो भने विपक्षमा शून्य मत ।

प्रकाशित : असार २, २०७७ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?