सरकारी तथा गैरसरकारी कार्यालय खुले

असार १, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — लकडाउनको ८३ दिनपछि सोमबारदेखि सरकारी तथा गैरसरकारी कार्यालयहरु खुलेका छन् ।सरकारको निर्णयअनुसार दुई सिफ्टमा गरी सोमबारबाट सरकारी कार्यालयहरु खुलेका हुन् । बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म र १ बजेबाट साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा कार्यालयहरु सञ्चालनमा आएका हुन् ।

सरकारी कार्यालयसँगै गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु पनि सञ्चालनमा आएका छन् । लकडाउन खुकुलो बनेसँगै सडकमा सवारीको चाप पनि बढेको छ । सरकारले जोरबिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरे पनि कार्यालयहरु सञ्चालन भएसँगै सवारीको चाप बढेको छ ।

कल‌ंकी मालपाेत कार्यालय । तस्बिर : अनिश रेग्मी

कार्यालय प्रवेश गर्नु अगाडि सामाजिक दूरी कायम गर्दै तापक्रम लिने गरिएको छ । हात धोएर कार्यालय भित्रसमेत सामाजिक दूरी कायम गर्नुपर्ने बताइएको छ । सेवाग्राहीहरुले समेत सेवा लिन जाँदा सामाजिक दूरी कायम गर्नुपर्ने छ ।

कल‌ंकी मालपाेत कार्यालय । तस्बिर : अनिश रेग्मी

मन्त्रिपरिषद्को जेठ २८ गते बसेको बैठकले सोमबारदेखि कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो । लकडाउन खुकुलो भए पनि मानिसको भीडभाड हुने ठाउँ, शैक्षिक संस्था, अनुमतिप्राप्त बाहेक सम्पूर्ण उडानहरु, सभा सम्मेलनलगायतका क्षेत्र बन्द रहेका छन् । पैदल आवागमन भने खुला गरिएको छ ।

कल‌ंकी मालपाेत कार्यालय । तस्बिर : अनिश रेग्मी

कोरोना भाइरसलकडाउन

कान्तिपुर

Link copied successfully