कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केएमसीका थप एक चिकित्सकमा कोरोना पुष्टि

काठमाडौँ — सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा (केएमसी)मा कार्यरत थप एक जना चिकित्सकमा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मंगलबार अस्पतालका २ जना बिरामी, एक नर्स र एक चिकित्सकमा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएपछि ट्रेसिङमा परेका अर्का चिकित्सको स्वाब संकलन गरि परीक्षणका लागि टेकु पठाइएको थियो ।

केएमसीका थप एक चिकित्सकमा कोरोना पुष्टि

उनी १५ दिनअघि संक्रमित बिरामीको शल्यक्रियामा संलग्न भएको केएमसीकी प्राचार्य डा. चन्दा कार्कीले बताइन् । ‘शल्यक्रिया गर्ने मुख्य सर्जनको रिर्पोट नेगेटिभ आयो,’ उनले भनिन्, ‘उपचार गर्ने जुनियर चिकित्सकको रिर्पोट पोजेटिभ आयो ।’ सम्पूर्ण सावधानी अपनाएर उपचारमा खटिएका चिकित्सकमा पनि संक्रमण देखिएको उनको दाबी थियो ।

संक्रमित चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी र बिरामीको ट्रेसिङ भैरहेको उनले जानकारी दिइन् । संक्रमित भेटिएपछि केएमसीको आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ । अस्पताल सरसफाई गरि संक्रमणमुक्त बनाउने काम भैरहेको छ ।



प्रकाशित : जेष्ठ २१, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?