कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्यमा ध्यान दिन सरकारलाई आग्रह

काठमाडौँ — राष्ट्रिय सभा सदस्यहरुले लकडाउनको अवधिका सुत्केरी र गर्भवती महिलाहरुको मृत्यु भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्यमा ध्यान दिन सरकारलाई आग्रह

सांसद दिलकुमारी थापा रावलले लकडाउनको अवधिमा ५८ जना सुत्केरी र गर्भवती महिलाहरुको मृत्यु भएको तथ्यांक प्रस्तुत गर्दै सरकारको ध्यानाकर्षण गराइन् । सुत्केरी र गर्भवती महिलाहरुको क्वारेन्टाइनमै मृत्यु भएको विषयमा सरकारले सत्यतथ्य सदनमा जानकारी गराउन उनले सरकारसँग माग गरिन् । त्यस्तै उनले जोखिममा रहेका महिला र किशोरीहरुका लागि छुट्टै निर्देशिका बनाएर लागू गर्न पनि सरकारलाई आग्रह गरेकी छिन् ।

स्वास्थ्य संस्थामा गर्भवती महिला र सुत्केरी महिलाहरुको सहज उपचार सेवा प्रदान गर्न उचित व्यवस्थापन गर्न पनि उनले आग्रह गरिन् । अहिले घरेलु हिंसा, बलात्कारका घटनाहरु बढिरहेको र यसको न्यूनीकरणका लागि सरकारले निर्देशिका बनाएर अगाडि बढ्न आग्रह उनले गरिन् ।

त्यस्तै सांसद विमला राई पौडेलले विगत वर्षहरुमा जनचेतना अभावका कारण गर्भवती र सुत्केरी महिलाहरुको ज्यान जाने गरेकोमा अहिले उपचार अभावमा मृत्यु हुने गरेको बताइन् । उपचार नपाएर क्वारेन्टाइनमा सुत्केरी महिलाहरुको मृत्यु भएको समाचारहरु आइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रिय सभा सदस्य विमला राई पौडेल

पर्याप्त पीसीआर परीक्षण नहुनु, स्वास्थ्य उपकरणको अभावमा गर्भवती महिलाहरुको चेक नुहनुले पनि घटनाहरु घट्ने गरेको उनले बताइन् । लकडाउनमा समयमै स्वास्थ्य संस्था पुग्न नसक्नु र स्वास्थ्य संस्थामा पनि उपचार सेवा पाउन नसक्ने अवस्थाको अन्त्य गर्न उनले छुट्टै निर्देशिकाको आवश्यकता औंल्याइन् । आत्महत्या र घरेलु हिंसाका घटनाहरु बढिरहेको अवस्थामा सरकारले यसतर्फ ध्यान दिनु जरुरी रहेको उनले बताइन् ।

प्रकाशित : जेष्ठ २०, २०७७ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?