कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नर्भिकमा उपचाररत बिरामीमा कोरोना संक्रमण, थप उपचारका लागि पाटन पठाइयो

फातिमा बानु

काठमाडौँ — थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएकी ६१ वर्षीया महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएपछि उनलाई थप उपचारका लागि पाटन अस्पताल पठाइएको छ । संक्रमित महिला बिहीबार काठमाडौं बाहिरबाट उपचारका लागि नर्भिक ल्याइएको अस्पताल व्यवस्थापनले बताएको छ ।

नर्भिकमा उपचाररत बिरामीमा कोरोना संक्रमण, थप उपचारका लागि पाटन पठाइयो

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ती महिलालाई पार्किन्सनको समस्या थियो । ‘उहाँलाई कोरोनाको कुनै लक्षण थिएन,’ उनले भने, ‘काठमाडौं बाहिरबाट आउने जोसुकैलाई हामीले भर्ना लिनुअघि आइसोलेसनमा राखेर परीक्षणका लागि स्वाब पठाउने गरेका थियौं । त्यही गर्दा आइतबार साँझ उहाँको रिर्पोट पोजेटिभ आएको हो ।’

रिर्पोट आउनुअघि कुनै पनि स्वास्थ्यकर्मीहरुको सम्पर्कमा ती बिरामीलाई आउन नदिएको उनले दाबी गरे । यद्यपि संक्रमित महिलाको उपचारमा संलग्न १४ जना चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिसकिएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७७ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?