कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

वीरगन्जको नारायणी अस्पतालबाट थप ४३ जना डिस्चार्ज

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार थप ४३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ जना पत्रकारसमेत छन् । 

वीरगन्जको नारायणी अस्पतालबाट थप ४३ जना डिस्चार्ज

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्षसहित दुई पत्रकार गत वैशाख ३० मा कोरोना पोजेटिभ पुष्टि भएपछि आइसोलेसनमा भर्ना भएका थिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार संक्रमितको पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

‘सोमबार डिस्चार्ज हुनेमा एकजना सर्लाहीका बाहेक सबै पर्साका हुन्,’ मेसु डा.उपाध्यायले भने, ‘डिस्चार्ज हुने ४३ जनामा २ जना महिला छन् ।’

नारायणी अस्पतालको आइसोलेसन वार्डबाट आइतबार राति मात्रै करिब ११ बजे वीरगन्ज छपकैयाका एकै परिवारका १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए । शनिबार ९ जना डिस्चार्ज भएका थिए । पछिल्लो ३ दिनमा नारायणी अस्पतालको आइसोलेसन वार्डका ७० जना कोभिड १९ संक्रमित निको भएर घर फर्किएका छन् ।

सोमबार ४३ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा अब कोरोना संक्रमित छैनन् । गण्डक अस्पतालमा बनाइएको अस्थाई कोरोना अस्पतालमा २७ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ १२, २०७७ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?