कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कोरोना संक्रमितको संख्या ६ सय ८२ पुग्यो

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको जनाएको हो ।

कोरोना संक्रमितको संख्या ६ सय ८२ पुग्यो

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थपिएका नयाँ संक्रमितहरुमध्ये अछामका १, बर्दियाका ३ जना, पर्साका १ जना, बाराका १ जना र बाराका मृतक वृद्ध गरी ७ जना रहेको बताए । सोमबार बिहान मात्रै ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

हालसम्म संक्रमितहरु मध्ये १ सय १२ जना निको भएर घर फर्किइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ९५ हजार १ सय ९२ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ५१ हजार ६ सय ४२ परीक्षणहरु गरिएका छन् । क्वारेन्टाइनमा ४६ हजार २९ जना रहेका छन् ।

हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक र बाराका एक गरी ४ जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७७ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?