चितवनका संक्रमितका छोरामा पनि देखियो कोरोना- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनका संक्रमितका छोरामा पनि देखियो कोरोना

रमेशकुमार पौडेल

चितवन — चितवनमा शनिबार थपिएका एक जना कोरोना संक्रमित ५२ वर्षीय पुरुष शुक्रबार कोरोना संक्रमित पुष्टि भएका व्यक्तिहरुका छोरा हुन् । भरतपुर महानगरपालिका–६ केशरबाग बस्ने उनका ७४ वर्षीय बाबु र ७३ वर्षीया आमालाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

यी बाबु, आमा र छोरा भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गराएर जेठ तीन गते घर फर्केका थिए । ७४ वर्षीय बाबुको क्यान्सर रोगको उपचार गराएर उनीहरु दिल्लीबाट फर्किएका थिए ।

‘बिहीबारको परीक्षणमा बाबुआमालाई पूर्ण रुपमा संक्रमित देखाएको थियो । उनीहरुसँगै गएर फर्केका छोराको परीक्षणमा प्रस्ट नतिजा आइसकेको थिएन । त्यसैले अस्पतालमै राखेका थियौं । शुक्रबार दोहर्‍याएर फेरि नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो,’ भरतपुर अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष डा. भोजराज अधिकारीले भने । भरतपुर अस्पतालले कोरोना विशेष अस्थायी अस्पताल र कोरोना प्रयोगशालाको पनि व्यवस्थापन गर्दै आएको छ ।

चितवनमा अहिलेसम्म एक हजार ३७१ जनाको स्वाब परीक्षण भएको छ । जसमध्ये ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये चितवनका दुईजना उपचारपछि निको भएर घर फर्केका छन् । उपचारमा रहेका पाँच जनामध्ये तीन जना चितवन र दुई जना नवलपुर जिल्लाका हुन् ।

सम्बन्धित समाचार

दिल्लीमा उपचार गराएर फर्केका थिए चितवनका संक्रमित

प्रकाशित : जेष्ठ १०, २०७७ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्

भक्तपुरकी नयाँ संक्रमित वडा सदस्य

कान्तिपुर संवाददाता

भक्तपुर — शुक्रबार कोरोना संक्रमण पुष्टि भएकी ४२ वर्षीया महिला भक्तपुर नगरपालिकाकी वडा सदस्य भएको खुलेको छ । तुमुचो दुगरेनिवासी उनी राहत वितरणलगायत काममा सक्रिय थिइन् ।

नगरपालिकाले गरेको आरडीटीमा उनको रिपोर्ट पोजिटिभ आएपछि स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

संक्रमित महिलालाई शुक्रबार राति नै पाटन अस्पताल पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधानले बताए । प्रहरीले ती महिला बस्दै आएको क्षेत्र सिल गरिएको जनाएको छ ।

यससँगै जिल्लामा संक्रमितको संख्या ४ पुगेको छ । तीमध्ये दुई जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७७ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×