१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

राष्ट्रपतिलाई नयाँ नक्सा

प्रधानमन्त्री, सभामुख र विपक्षी दलका नेतालाई पनि बुझाइयो

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्सा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएकी छन् । शुक्रबार नेपाल राजपत्रमा प्रकाशित नक्सा उनले दिउँसो राष्ट्रपति निवास शितल निवास पुगेर बुझाएकी हुन् । 

राष्ट्रपतिलाई नयाँ नक्सा

शुक्रबारै उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्लिसना र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि नक्सा बुझाइन् । बुधबार भूमि व्यवस्था मन्त्रालयले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।

प्रकाशित : जेष्ठ ९, २०७७ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?