कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पताल नलैजाँदा क्वारेन्टाइनमै युवकको मृत्यु भएको स्थानीयको आरोप

ठाकुरसिंह थारु

नेपालगन्ज — क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु भएपछि नरैनापुर गाउँपालिका–५ मा तनाव र त्रास सिर्जना भएको छ । बान्ता भएपछि तत्काल अस्पताल नलगेका कारण २५ वर्षीय युवकको मृत्यु भएको आरोप स्थानीयले लगाएका छन् । स्थानीय र प्रशासनबीचको विवादका कारण शव क्वारेन्टाइनमै छ ।

अस्पताल नलैजाँदा क्वारेन्टाइनमै युवकको मृत्यु भएको स्थानीयको आरोप

उनको स्वाब परीक्षणको नतिजा नआएसम्म शव नउठाउने स्थानीयले बताएका छन् । शनिबार राति एक्कासि बान्ता हुन थालेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले एम्बुलेन्स बोलाउन आग्रह गरेका थिए ।

एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीहरुसँग पीपीआई नभएको भन्दै ती युवकलाई अस्पताल लगिएन । स्थानीय अगुवा विनय दीक्षितले बान्ता भएपछि उनलाई क्वारेन्टाइनमै जीवनजल खुवाएर राखिएको बताए । ‘समयमै अस्पताल लैजान सकेको भए उपचार सम्भव हुन्थ्यो होला । तर रातिका समय र आवयश्यक पर्ने स्वास्थ्य सामाग्री नभएकाले स्वास्थ्यकमीहरुले चाहेर पनि लैजान सकेनन्,’ उनले भने । नरैनापुरमा प्राथमिक स्वास्थ्य केन्द्र छ ।

गाउँपालिका प्रमुख इस्तियाक अहमद साहले क्वारेन्टाइनमा लापर्बाहीका कारण युवकको मृत्यु भएको भन्दै स्थानीयहरु विवादमा उत्रिएको जानकारी दिए । नेपालगन्जबाट बाँकेका प्रहरी प्रमुख एसपी विरबहादुर वली नेतृत्वको सुरक्षा टोली नरैनापुर पुगेको छ । नरैनापुरमा अहिले थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा रहेका एक जना २५ वर्षीय युवकको आइतबार बिहान ४ बजे मृत्यु भएको हो । पालिकाको ५ मटैयास्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको छ । नरैनापुरमा यसअघि ८ जनामा कोरोना पुष्टि भइसकेको छ । त्यसमध्ये चार जना त्यही क्वारेन्टाइनका थिए ।

सम्बन्धित समाचार

बाँकेको क्वारेन्टाइनमा २५ वर्षीय युवकको मृत्यु

प्रकाशित : जेष्ठ ४, २०७७ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?