काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४९ पुगेको छ । बिहीबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनाका कोरोना संक्रमण देखिएको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार काठमाडौंका दहचोक निवासी ७ वर्षीय बालक, जनकपुरकी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा संक्रमण देखिएको हो ।
डा. अधिकारीका अनुसार संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् भने सबैको अवस्था सामान्य रहेको छ ।
