कालीमाटी बजारमा कोरोना परीक्षण (तस्बिरहरू)- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीमाटी बजारमा कोरोना परीक्षण (तस्बिरहरू)

अनिश रेग्मी

काठमाडौँ — कालीमाटी तरकारी बजारमा बिहीबार कोरोना परीक्षण गरिएको छ । कोरोना परीक्षण गर्न ६ सय जनाको नमुना संकलन गरिएको हो । काठमाडौं महानगरपालिकाका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरका अनुसार २ सय जनाको पीसीआर परीक्षणका लागि र ४ सय जनाको आरडीटी परीक्षणका लागि नमुना संकलन गरिएको छ । यहाँका व्यापारी, ढुवानीकर्ता र सवारी चालकलगायतको परीक्षण भएको उनले बताए ।


प्रकाशित : जेष्ठ १, २०७७ १५:००
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमित ६ वर्षीया बालिकाको सम्पर्कमा आएका सबै क्वारेन्टाइनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएपछि  अस्पतालले ती बालिकासँग सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले सो बिरामीको बारेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरी प्राइमरी कन्ट्याक्टमा आएकाहरुको पीसीआर टेस्ट गर्न लागिएको बताएका छन् । ती बालिकासँग सम्पर्कमा आएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्न अस्पतालले आग्रह गरेको हो ।

अस्पतालले विज्ञप्ति जारी गर्दे प्राइमरी कन्ट्याक्टमा आएकाहरुको नतिजा पोजिटिभ देखिए सेकेन्डरी कन्ट्याक्टमा आएकोहरुको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गरिने बताएको छ ।

अस्पतालका अनुसार उनी न्युरो सर्जरी वार्डको वार्ड बेड नम्बर ५० मा उपचाररत नाक, कान, घाँटीको बिरामी थिइन् । । ती बिरामीलाई गणेशमान भवनमा सारेर आइसोलेसन क्याबिनमा उपचार गराइँदै छ । बिहीबार बिहान उनलाई कोरोना पोजिटिभ पुष्टि भएको थियो ।

निर्देशक खड्गाले संक्रमण देखिएपछि हाललाई इलेक्टिभ सर्जरी नगरिने र इमरजेन्सी सर्जरीमा आवश्यक पीपीइ लगाएर मात्र गर्न चिकित्सकहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित : जेष्ठ १, २०७७ १४:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×