सार्क स्वास्थ्य मन्त्रीस्तरीय भिडियो कन्फरेन्स 

वैशाख १२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तान सरकारको नेतृत्वमा बिहीबार कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सहकार्य र सहयोगको गर्न सार्क स्वास्थ्य मन्त्रीस्तरीय भिडियो कन्फरेन्समा सम्पन्न भएको छ । 

यसपटक भिडियो कन्फरेन्सको नेतृत्व पाकिस्तानका स्वास्थ्य राज्य मन्त्री जफर मिर्जाले गरेका थिए । उनले आपसीमा अनुभव साट्ने र क्षेत्रीय सहकार्यलाई जोड दिदै संकटमा एकवद्ध भएर अघि बढ्नु पर्ने बताएका थिए । उक्त भिडियो कन्फरेन्समा नेपालका तर्फबाट स्वास्थ्य राज्य मन्त्री नवराज राउतले सहभागिता जनाएका थिए । काठमाडौंस्थित सार्क सचिवालयले जारी गरेको विज्ञप्ती अनुसार सार्कका महासचिव इसाला रुवान विराकोनलेले कोरोना भाइरसविरुद्ध लड्नको लागि सार्क राष्ट्रहरुलाई सहयोग गर्न सचिवालय तयार रहेको बताएका थिए । 

उक्त भिडियो कन्फरेन्स भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च १५ मा सुरुआत गरेकै कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सार्कका मुलुकहरु एकवद्ध रुपमा अगाडि बढ्नु पर्छ भनेर अघि सारेको अभियानकै निरन्तरता रहेको सचिवालयले जनाएको छ ।  

कान्तिपुर

Link copied successfully