संक्रमण पुष्टि भएका तीनमध्ये एक भारतीय

वैशाख १०, २०७७

प्रदीप मेन्याङ्बो

सुनसरी — बुधबार बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा कोभिड १९ (कोरोना) पुष्टि भएका तीनमध्ये एकजना भारतीय नागरिक रहेको खुलेको छ । प्रतिष्ठान स्रोतका अनुसार २४ वर्षिय भारतीय नागरिक दिल्लीका वासिन्दा हुन् ।

अन्य दुई ६० र ७२ वर्षियको ठेगाना विराटनगर उल्लेख गरिएको छ । तीनै जना प्रतिष्ठानको आइसोलेसनमा थिए । 

प्रतिष्ठानको माईक्रोबाएलोजी विभागका मोलीकुलर पिसिआर विशेषज्ञ नारायण भट्टराईका अनुसार ३९ जनाको थ्रोटस्वाब बुधबार  प्रयोगशालामा परीक्षण गरिएको थियो । उनीहरु तीनैजना उदयपुरको भुल्केस्थित मस्जिदमा बसिरहेका थिए । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साहका अनुसार त्यही मस्जिदका अन्यमा संक्रमण देखिएपछि तीनैजना पुरुषलाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा ल्याइएको थियो । तीन दिनअघि उनीहरुलाई प्रतिष्ठानको आइसोलेसनमा ल्याइएको हो । 

प्रदीप

Link copied successfully