कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

११० रुसी नागरिक मस्को फर्किए

सुरज कुँवर

काठमाडौँ — लकडाउनका कारण अलपत्र परेका १ सय १० रुसी नागरिक सोमबार चार्टर उडानबाट स्वदेश फर्केका छन् । 

११० रुसी नागरिक मस्को फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मस्कोस्थित शेरेमेत्येवो अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइटको बोइङ ७५७ विमानले पौने १ बजे काठमाडौंबाट उनीहरुलाई लिएर फर्केको छ ।

‘१ सय ४३ जनाको नाम सूचीमा थियो,’ विमानस्थलका एक अधिकारीले भने, ‘तर ३३ जना अन्तिम समयमा विमास्थल आउन नसकेकाले उक्त चार्टरले १ सय १० मात्रै लिएर फर्कियो ।’

यो विमानको काठमाडौंमा व्यवस्थापनको जिम्मा पाएको नेपाली एजेन्सी फ्रिडम फाइटका अनुसार, जहाज काठमाडौंबाट सोझै मस्को नगई म्यानमार अवतरण गर्ने छ । त्यहाँ जहाजमा रहेका यात्रुहरुका लागि खानेकुरा राखेर मात्रै मस्को उड्ने छ ।

यो चार्टर उडान काठमाडौंमा रहेको रसियन दुतावासले व्यवस्थापन गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । मस्कोबाट काठमाडौंसम्मको हवाई दूरी साढे ६ घन्टा हाराहारीको रहेको छ ।

यसैबिच श्री एयरलायन्सको सीआरजे–७०० बमबार्डियर विमान सिंगापुर जाने भएको छ ।

उक्त विमानले काठमाडौंबाट बिरामी लैजाने र उताबाट औषधि ल्याएर फर्किने अनुमति प्राप्त गरेका एक अधिकारीले बताए ।

‘७२ घन्टाभित्र चार्टर उडान गरिसक्नुपर्ने अनुमती दिइएको छ,’ सम्वद्ध एक अधिकारीले भने, ‘तर, सिंगापुर जाने हवाइ रुटमा पर्ने अन्य मुलुकहरुको आकाशको अनुमतिको म्याद गुज्रेकाले मंगलबारसम्म उड्ला ।’

प्रकाशित : वैशाख ८, २०७७ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?