कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टेकु अस्पतालका डा. पुनलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण

मौखिक रुपमा बोलाएर नआएपछि चिठी लेखेर डा. पुनलाई बोलाइएको हो : स्वास्थ्य मन्त्रालय 
बुनु थारु

काठमाडौँ — सरकारले कोरोना उपचारका लागि तोकिएको मुख्य अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ तथा रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनलाई मन्त्रालयले बोलाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई लिखित स्पष्टीकरण सोध्दै मन्त्रालय बोलाएको हो। 

टेकु अस्पतालका डा. पुनलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण

स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले डा. पुनलाई मन्त्रालय बोलाइएको बताए । उनले भने, 'मौखिक बोलाउँदा खेरि आउनुभएन चिठी लेखेर मन्त्रालय डाँकिएको हो ।'

कोरोनाका विषयमा डा. पुनले दिएका अभिव्यक्तिबारे स्पष्टीकरण माग गरिएको हो भन्ने प्रश्नमा उनले भने, 'उहाँसँग बुझ्छौं, अनि थप यसबारे कुरा भन्नेछौं।'

यसबारे बुझ्न डा. पुनसँग सम्पर्क गर्न खोजे पनि प्रयास सफल हुन सकेन ।

प्रकाशित : वैशाख ६, २०७७ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?