टेकु अस्पतालका डा. पुनलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण

मौखिक रुपमा बोलाएर नआएपछि चिठी लेखेर डा. पुनलाई बोलाइएको हो : स्वास्थ्य मन्त्रालय 

वैशाख ६, २०७७

बुनु थारु

काठमाडौँ — सरकारले कोरोना उपचारका लागि तोकिएको मुख्य अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ तथा रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनलाई मन्त्रालयले बोलाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई लिखित स्पष्टीकरण सोध्दै मन्त्रालय बोलाएको हो। 

स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले डा. पुनलाई मन्त्रालय बोलाइएको बताए । उनले भने, 'मौखिक बोलाउँदा खेरि आउनुभएन चिठी लेखेर मन्त्रालय डाँकिएको हो ।' 

कोरोनाका विषयमा डा. पुनले दिएका अभिव्यक्तिबारे स्पष्टीकरण माग गरिएको हो भन्ने प्रश्नमा उनले भने, 'उहाँसँग बुझ्छौं, अनि थप यसबारे कुरा भन्नेछौं।'

यसबारे बुझ्न डा. पुनसँग सम्पर्क गर्न खोजे पनि प्रयास सफल हुन सकेन ।

कोरोना भाइरस

बुनु थारु विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेकी छिन् । उनी स्वास्थ्य तथा सामाजिक विषयमा लेख्न रुची राख्छिन् ।

Link copied successfully